नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार
३० कात्तिक, काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकारको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा एसबिएल डिभेन्चरको २८ करोड ९० लाख कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २१ करोड १९ लाख बराबर कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.