एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

आइतबार, एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारण समूहका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
आइतबार, ३० कार्तिक २०८२, १२:५१ PM
फन्ट
एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

३० कात्तिक, काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको सर्वसाधारण समूहका लागि जारी गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

कुल २१ लाख ८९ हजार ७७३ जनाले आवेदन दिएको मध्ये २० लाख ८७ हजार ३२० आवेदन स्वीकृत भएका थिए। मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा मार्फत बाँडफाँट गर्दा ४ लाख ७ हजार ६ सय १५ (४,०७,६१५) आवेदकले १०–१० कित्ता सेयर प्राप्त गरेका छन् भने ६ जनाले १/१ थप कित्ता पाई कुल ११–११ कित्ता सेयर हात पारे।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.