आज एकैदिन ६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, ३० कार्तिक २०८२, ११:२८ AM
post-image

३० कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ६९ सयले घटेर तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३२८५ मा कारोबार भएको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}