पोर्चुगलले कामदार भिसा रोक्यो, ठगिबाट बच्न दुताबासको आग्रह

बिहिबार, २७ कार्तिक २०८२, १:४ PM
post-image

२७ कात्तिक, काठमाडौं । पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ ।

पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेपछु यसको असर नेपालीलाई पनि पर्ने देखिएको छ ।

लिस्बनस्थित नेपाली दुताबासले यस सम्बन्धमा औपचारिक जानकारी गराइएको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भैरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}