नेप्सेमा २०.५६ को गिरावट, ३ अर्ब ८४ करोड कारोबार

बुधबार, २६ कार्तिक २०८२, ३:७ PM
post-image

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनिका ८४ लाख ४ हजार ६१६ कित्ता शेयर ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज भूगोल इनर्जी,सागर डिस्टिलरीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र बन्दीपुर केवलकारको शेयर ९.९८ प्रतिशतले बढेको छ । दारमखोला हाइड्रोको शेयरमा ८.७२ प्रतिशतले घटेको छ ।   

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ३४ लाख कारोबार भएको छ भने राढ़ी बिद्युतको २२ करोड १४ लाख बराबर कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}