रेशम चौधरीको नयाँ दल दर्ता, निर्वाचन आयोगले दियो प्रमाण पत्र
२६ कात्तिक, काठमाडौं । रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ । बुधबार आयोगले रेशम चौधरीसहित दलका प्रतिनिधिलाई दर्ताको प्रमाण पत्र दिएको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले कार्तिक १४ गते नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए ।
नागरिक उन्मुक्ति पार्टी, नेपालमा चौधरी संरक्षक रहेका छन् भने अध्यक्षमा कबीर सोप रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.