सुन तोलामा ४९ सयले बढ्यो

मंगलबार, २५ कार्तिक २०८२, १०:१४ AM
post-image

२५ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४९ सयले बढेर तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३१७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६५ मा कारोबार भएको थियो ।

 

 
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}