मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा तालाबन्दी

मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २४ कार्तिक २०८२, १:३७ PM
फन्ट
मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मन्त्रालयमा तालाबन्दी

जनकपुरधाम । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोज यादव मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तोडफोड र तालाबन्दी गरिएको छ ।

प्रदेश सभाका बिभिन्न दलका सांसदले मुख्यमन्त्री र मन्त्रालयमा रहेका कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका छन् भने कैयौं मन्त्रालयमा तोडफोड समेत गरेका छन् । 

विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्दै सिन्धुलीको एक होटलमा शपथ गराएपछि मधेशमा नयाँ विवाद शुरु भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.