लगातार ५ दिन बढेको सुनको भाउमा आज गिरावट, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो साता लगातार पाँच दिनसम्म बढेको सुनको भाउ प्रति तोला १५ सय रुपैयाँले महङ्गिएको थियो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.