सर्वोच्च अदालतले मङ्सिर १ गतेदेखि सबै प्रकारका मुद्धाको सुनुवाई गर्ने
२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत आगामी मङ्सिर १ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा सेवा प्रवाह गर्दै आएको छ ।
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरुको नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले सेवा अवरुद्ध भएका सुरू मुद्दा, पुनरावेदन पत्र, दोहोर्याइ पाउँ भन्ने निवेदन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।
सर्वोच्चले भनेको छ:
मिति २०८२ । ०५ । २४ गते भएको आगजनी, ढुङ्गामुडा, तोडफोड र लुटपाटसमेतका कारणबाट यस अदालतको अधिकांश भौतिक संरचना, इजलासहरू, चालु मुद्दा तथा सूचना प्रणालीसमेतमा क्षति पुगेको कारण यस अदालतको पूर्व सूचनाअनुसार सबै प्रकारका रिट निवेदनहरू, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ का निवेदनहरू मात्र दर्ता एवम् सुनुवाइ हुँदै आएकोमा आज मिति २०८२।०७।२० मा बसेको पूर्ण बैठकको निर्णयानुसार मिति २०८२।०८।०१ गतेदेखि सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोऱ्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसमेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू नियमित रूपमा दर्ता एवम् सुनुवाइ हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.