कालमेगी आँधी: फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान गयो

शुक्रबार, २१ कार्तिक २०८२, २:५१ PM
post-image

काठमाडौँ । कालमेगी आँधीले फिलिपिन्स र भियतनाममा अहिलेसम्म १९३ जनाको ज्यान लिएको छ । बीबीसीका अनुसार आँधीले फिलिपिन्समा मात्र कम्तिमा १८८ जना र भियतनाममा पाँच जनाको ज्यान लिएको छ ।

बिहीबार १४९ किलोमिटर प्रतिघण्टाको हावामा मध्य भियतनाम पार गरेपछि, आँधी अब पश्चिमतर्फ कम्बोडिया र लाओसतिर सरिरहेको छ ।

रातभर आँधीले प्रभावित भएपछि मध्य भियतनामको तटमा रहेका शहरहरू आज बिहान भग्नावशेषले भरिएका थिए । तेज हावाले रूखहरू उखेलिएका छन् भने घरका छाना उडाएको र ठूला झ्यालहरू फुटाएको देखिएको छ । क्षतिको सामना गर्न सेना तैनाथ गरिएको हुनाले हजारौं मानिसहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिएका छन् ।

त्यसैगरी भियतनामको सेनाले राहत कार्यका लागि २ लाख ६० हजारभन्दा बढी सैनिक र कर्मचारीहरू, ६७ सयभन्दा बढी सवारी साधन र छ वटा विमानहरू सहित खटाएको जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}