क्याट्रिना र विक्कीलाई पुत्र लाभ
काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् । यो जोडीले आफ्ना फ्यानहरूसँग छोराको जन्म भएको जानकारी दिएका हुन् ।
विक्की कौशल र क्याट्रिना कैफले आफ्नो आ-आफ्नो इन्स्टाग्राममा पोस्ट साझा गर्दै यो जानकारी दिएका छन । पोस्टमा बच्चाको चित्र र ठूलो 'बेबी ब्वाय' लेखिएको ग्रीटिंग कार्ड छ । यसमा लेखिएको छ- 'हाम्रो झोला खुशीले भरिएको छ । हामी हाम्रो बच्चालाई धेरै माया र स्नेहका साथ स्वागत गर्छौं ।'
क्याट्रिना कैफले सेप्टेम्बर २३, २०२५ मा आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् । लामो समयसम्म डेट गरेपछि, विक्की र क्याट्रिनाले २०२१ मा विवाह बन्धनमा बाँधिएक थिए । विक्की कौशल र क्याट्रिना कैफले डिसेम्बर ९, २०२१ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह समारोह राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवडामा आयोजना गरिएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.