हितेन्द्रदेवको रिटमा आज सुनुवाइ, न्यायाधीश मुसलमान र निरौलाको इजलासमा पेशी

शुक्रबार, २१ कार्तिक २०८२, ११:३ AM
post-image

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइको पेसी आज तोकिएको छ । 

सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।

यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई आजका लागि बोलाएको थियो । सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि उनको सिफारिसमा मन्त्रिपरिषद बैठकले शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो । सरकारले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}