सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २१ कार्तिक २०८२, ११:१९ AM
फन्ट
सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

२१ कात्तिक, काठमाडौं। नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर २ लाख ३८ हजार ४ सय पुगेको छ। यसअघि विहिबार सुन २ लाख ३७ हजार ८ सय मा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले बढेर ३०२० रुपैयाँ पुगेको छ। यसअघि विहिबार चाँदी ३०१० रुपैयाँ मा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.