मस्कको एक ट्रिलियन डलरको पारिश्रमिक प्याकेज अनुमोदन

शुक्रबार, २१ कार्तिक २०८२, ११:८ AM
post-image

काठमाडौँ । अमेरिकी कम्पनी टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत एलन मस्कका लागि प्रस्तावित १ ट्रिलियन डलरको पारिश्रमिक प्याकेज अनुमोदन गरेका छन्। कर्पोरेट इतिहासमै कुनै पनि सीईओका लागि प्रस्तावित यो सबैभन्दा ठूलो तलब प्याकेज मानिन्छ।

कम्पनीको वार्षिक साधारण सभामा करिब ७५ प्रतिशत शेयरधारकहरूले उक्त प्रस्तावको पक्षमा मतदान गरेको टेस्लाले जनाएको छ।

गत केही दिनयता टेस्लाको बोर्ड, मस्क स्वयं र खुद्रा लगानीकर्ताहरूले मिलेर मस्कको तलब प्याकेजलाई १ ट्रिलियन डलरसम्म पुर्‍याउने अभियान चलाउँदै आएका थिए।

तर मस्कले यो पूर्ण तलब पाउनका लागि टेस्लाको बजार मूल्य उल्लेख्य रूपमा बढाउनुपर्नेछ। साथै सुस्त भइरहेको कार व्यवसायलाई पुनर्जीवित गर्नुका साथै रोबोट्याक्सी परियोजना र अप्टिमस रोबोटिक्सका लक्ष्यहरू हासिल गर्नुपर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}