रिलायन्स स्पिनिंग मिल्सले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको  छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २० कार्तिक २०८२, २:५३ PM
फन्ट
रिलायन्स स्पिनिंग मिल्सले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको  छ ।

पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । 

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । रिलायन्सको ७५ करोड ३७ लाख  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.