सुदन गुरुङको गृहमन्त्रीलाई प्रश्न- तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?
२० कात्तिक, काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई ओली सरकारकै पारामा ढल्किएको आरोप लागाएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुदनले निकोलस भुसाललाई पक्राउ गरेको विषयमा गृहमन्त्री अर्याललाई यस्तो आरोप लगाएका हुन् ।
सुदनले निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? भन्दै निकोलस मात्र किन पक्राउ परे ? भन्ने प्रश्न गरेका छन् ।
उनले भनेका छन्:
निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.