राष्ट्र बैंकको प्रवक्ता बने गुरुप्रसाद पौडेल
१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । कात्तिक १८ देखि लागू हुने गरी बैंकको प्रवक्ता पौडेललाई तोकिएको राष्ट्रबैंकले जानकारी दिएको हो ।
वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.