जाँचबुझ आयोग समक्ष सिंहदरबारमा रवि लामिछानेको बयान जारी
१९ कात्तिक, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिइरहेको छ । लामिछानेलाई केहीबेर अघि नख्खु कारागारबाट बयानका लागि सिंहदरबार ल्याइएको हो ।
जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिन लागेको हो । आयोगले यस अघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् ।
पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.