शिक्षामन्त्री महावीर पुनले पहिलो पटक दर्ता गरे मतदाता नामावलीमा आफ्नो नाम
काठमाडौँ । शिक्षा मन्त्री महावीर पुनले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । मन्त्री पुनले नयाँ बानेश्वर पुगेर चुनावमा भोट दिन पहिलो पटक नाम दर्ता गराएका हुन् ।
साथै पुनले जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न अनुरोध पनि गरेका छन् ।
पुनले भनेका छन्:
आहा ! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु । अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ । भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो । लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.