डा. निकोलस भुसाल पक्राउ
काठमाडौं । डा. निकोलस भुसाल पक्राउ परेका छन् । भुसाललाई मंगलबार गोरखाबाट पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको र हाल काठमाडौँ ल्याउन लागिएको छ ।
भुसालले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिदै आएका थिए । उनले कार्तिक १६ गते आन्दोलन गर्ने भन्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै पोष्ट गरेका थिए । त्यसपछि नै भुसाल प्रहरीको खोजीमा रहेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.