नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

मंगलबार, १८ कार्तिक २०८२, ३:२ PM
post-image

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज माबिलुंग इनर्जीको ९.९८ र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ९.२० प्रतिशतले घटेको छ । त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनिको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड बराबरको कारोबार भएको छ भने राढ़ी विद्युतको २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}