सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
                १८ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा १,४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँमा पुगेको छ। सोमबार यसअघि उक्त सुन तोलाको २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा ४५ रुपैयाँले घटेर ३,०१५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। सोमबार चाँदी तोलाको ३,०६० रुपैयाँमा कारोबार भएको थियो।
