सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १८ कार्तिक २०८२, १०:५९ AM
फन्ट
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१८ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंगलबार छापावाल सुनको मूल्य तोलामा १,४०० रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँमा पुगेको छ। सोमबार यसअघि उक्त सुन तोलाको २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा ४५ रुपैयाँले घटेर ३,०१५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। सोमबार चाँदी तोलाको ३,०६० रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.