नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनिको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको शेयरको ३७ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.