नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५ करोडको कारोबार

सोमबार, १७ कार्तिक २०८२, ४:१८ PM
post-image

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनिको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको शेयरको ३७ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}