भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
काठमाडौँ । भारतले पहिलो पटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक उपाधि उचालेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रन बनायो। त्यसपछि भारतले दिएको २९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमै २४६ रनमा अलआउट भयो।
यससँगै भारतले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकप आफ्नो नाममा लेखाएको छ। सोही अवसरमा पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाले उपविजेतामा चित्त बुझाएको छ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ८७ रन बनाउने र २ विकेट लिने भारतकी शफाली बर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। त्यस्तै, सम्पूर्ण प्रतियोगितामा २२ विकेट र २१५ रन बनाउने दिप्ती शर्मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनिन्।
विश्वकप इतिहासमा अस्ट्रेलिया सर्वाधिक सफल राष्ट्र बनेको छ, जसले यो उपाधि ७ पटक जितिसकेको छ। इङ्ल्याण्डले ४ पटक, जबकि भारत र न्यूजील्याण्डले एक–एक पटक विश्वकप जितेका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.