अक्टोबरमा नेपाल आउने पर्यटकको संख्या बढ्यो, युरोपबाट सबैभन्दा बढी
काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमनमा बृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार चालु वर्षको अक्टोबर महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.३ प्रतिशतले बढेको छ।
गत वर्ष अक्टोबरमा १ लाख २४ हजार ३९१ जना विदेशी पर्यटक नेपाल आएका थिए भने यस वर्ष उक्त संख्या बढेर १ लाख २८ हजार ४४३ पुगेको छ। सन् २०१९ को अक्टोबर (कोभिड–१९ महामारीअघि) मा यो संख्या १ लाख ३४ हजार ९६ थियो।
पर्यटन बोर्डका अनुसार युरोपबाट सर्वाधिक पर्यटक आएका छन्। अक्टोबर महिनामा मात्र युरोपबाट ४० हजार ६०० (३१.६%) पर्यटक नेपाल आएका छन्। त्यस्तै दक्षिण एशियाली देशहरूबाट २२.६%, एशियाका अन्य देशहरूबाट १८%, र अमेरिकाबाट १२.८% पर्यटक आएका छन्।
देशगत रूपमा हेर्दा, भारतबाट सबैभन्दा बढी १७ हजार २९८ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अस्ट्रेलियाबाट ६ हजार १७७, श्रीलंकाबाट ५ हजार ५३५, र फ्रान्सबाट ५ हजार ४५ जना पर्यटक आएका छन्।
यस्तै, बंगलादेशबाट ४ हजार ६४१, जापानबाट २ हजार ३२१, इटालीबाट २ हजार ७०५, र म्यान्मारबाट ३ हजार ३८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पर्यटन बोर्डका तथ्यांक अनुसार सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म कुल ९ लाख ४३ हजार ७१६ विदेशी पर्यटक नेपाल आएका छन्। गत वर्ष सोही अवधिमा यो संख्या ९ लाख ४१ हजार २४ थियो। कोभिड–१९ पूर्वको सन् २०१९ को सोही अवधिमा भने ९ लाख ६५ हजार ९९६ पर्यटक नेपाल आएका थिए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.