रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले कुन जिम्मेवारी पाए ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय विभागहरूमा नेतृत्व र जिम्मेवारी फेरबदल गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकको निर्णय अनुसार रविकिरण अधिकारी अनुसन्धान तथा अभिलेखीकरण विभागका प्रमुख बनेका छन् भने सुलभ खरेल लाई कानुन, न्याय तथा मानवअधिकार विभागको उपप्रमुख बनाइएको छ । त्यस्तै बोधनारायण श्रेष्ठ लाई केन्द्रीय संगठन विभागको उपप्रमुख र ज्ञानेन्द्र महत लाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिवको जिम्मेवारी दिइएको छ । अर्जुन अधिकारी ले प्रवास नेपाली सम्पर्क विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्य लाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ । तोयानारायण पौडेल, पार्थीवेन्द्र उपाध्याय, र मनिराम घिमिरे लाई केन्द्रीय शिक्षा विभागमा सदस्यको रूपमा जिम्मेवारी दिइएको छ ।
त्यस्तै ज्ञानु पौडेल र कल्पना पाण्डे केन्द्रीय महिला विभागकी सदस्य बनेका छन् भने प्रमिला कुमारी सिंह लाई नीति विचार विभाग सदस्यको जिम्मेवारी तोकिएको छ ।