नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

आइतबार, १६ कार्तिक २०८२, ३:३४ PM
post-image

काठमाडौँ । शेयर बजारमा आज नेप्से सूचक उल्लेखनीय वृद्धिसहित बन्द भएको छ। आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

आज ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर गरी ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। ट्रेडिङ बाहेक सबै समूहको शेयर मूल्यमा वृद्धि देखिएको छ।

बजारमा सामुदायिक लघुवित्त, गोर्खा फाइनान्स, पञ्चकन्यामाई हाइड्रो, पिपुल्स पावरतेर्हथुम पावरका शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, सुपर मादी हाइड्रोको शेयर ९.५४ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर ४.७६ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा बढी हिमालयन बैंकको प्रमोटर शेयरमा १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि युनियन हाइड्रोको ३४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}