स्थानीयका माग १५ दिनमा पुरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता, फोहोरको अवरोध खुल्यो

आइतबार, १६ कार्तिक २०८२, २:९ PM
post-image

काठमाडौँ – ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडामा फोहर फाल्न अनुमति दिइएको छ।

आइतबार बिहान मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन गर्दै स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफल गरेका थिए। छलफलका क्रममा स्थानीयहरूले पहिले भएका सहमति कार्यान्वयन नभएको कारण फोहर फाल्न अवरोध गरेको बताएका थिए।

मन्त्री घिसिङले १५ दिनभित्र ती सहमति कार्यान्वयन गर्ने आश्वासन दिँदै तत्कालका लागि फोहर व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरेपछि स्थानीय पक्ष सहमत भएको हो। सहमतिपछि अहिले बञ्चरेडाँडामा फोहर फाल्ने कार्य पुनः सुरु गरिएको छ।

यसअघि, ल्याण्डफिल साइटका स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै विगत चार दिनदेखि फोहर फाल्न रोक्का गरेका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}