सुन तोलामा सात सयले बढ्यो, चाँदीको मूल्य भने घट्यो
                काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार ७ सय रुपैयाँ पुगेको छ। शुक्रबारको तुलनामा सुनको मूल्यमा वृद्धि भएको हो, किनभने शुक्रबार तोलाको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलामा ३ हजार ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। शुक्रबार चाँदी तोलाको ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।