थापाथलीमा नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने
काठमाडौँ – थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच तनाबपूर्ण अवस्था सिर्जना भएको छ।
महानगरले सो ट्राफिक पोष्टसहितका संरचना संस्कृतिक सम्पदाको क्षेत्रमा अनधिकृत रूपमा बनेका भन्दै पहिल्यै हटाउन सूचना दिएको थियो। त्यसअनुसार महानगरको टोली डोजरसहित संरचना हटाउन थापाथली पुगेपछि नेपाल प्रहरीले पोष्टको सुरक्षा गर्न ठूलो संख्यामा प्रहरी बल परिचालन गरेको हो।
यता महानगरको डोजरले त्यही क्षेत्रमा रहेका अन्य संरचना भत्काउने काम भने जारी राखेको छ।
थापाथलीको उक्त ट्राफिक प्रहरी पोष्ट २०३० सालदेखि सञ्चालनमा रहेको हो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले भने पोष्ट स्थानान्तरणको तयारीका लागि पर्याप्त समय नपाएको भन्दै तत्काल भत्काउन नदिने आफ्नो धारणा सार्वजनिक गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.