श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज हुँदै

कम्पनीको आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ आवेदकले आवेदन दिएका छन्।

Artha Kendra Artha Kendra
बुधबार, १२ कार्तिक २०८२, ९:४२ AM
फन्ट
श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज हुँदै

श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (IPO) को बाँडफाँड आज बुधबार, कात्तिक १२ गते हुँदैछ। निष्कासन व्यवस्थापक नबिल इन्भेस्टमेन्टले जानकारी अनुसार बाँडफाँड प्रक्रिया बिहान १०:३० बजे सुरु हुनेछ।

कम्पनीको आईपीओमा कुल १९ लाख ४२ हजार ६८२ आवेदकले आवेदन दिएका छन्। उनीहरूले माग गरेको सेयर संख्या २ करोड १७ लाख २ हजार ८० हो। तर सर्वसाधारणका लागि उपलब्ध सेयर संख्या २५ लाख १० हजार ४९३ मात्र भएकाले बाँडफाँड लटरी प्रणालीबाट हुनेछ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ असोज २४ गतेदेखि २९ गतेसम्म खुला गरेको थियो। यस अवधिमा अत्यधिक आवेदन परेपछि निर्धारित समयमै बन्द गरिएको थियो।

For More Details Click Here

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.