बिजुली काटिएपछि चलेका छैनन् दुई ठूला सिमेन्ट उद्योग, हजारौंको रोजगारी गुम्ने !

सोमबार, १० कार्तिक २०८२, ९:२२ AM
post-image

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले बिजुली लाइन काटिदिँदा देशका दुई ठूला सिमेन्ट उद्योग बन्द भएका छन्।

प्राधिकरणले गत मंगलबारबाट उद्योगहरूको बिजुली काट्न थालेपछि अर्घाखाँची सिमेन्ट उद्योग र शिवम् सिमेन्टको उत्पादन पूर्ण रूपमा बन्द भएको हो। यी दुवै उद्योगले हजार जनाभन्दा बढीलाई रोजगारी दिँदै आएका छन्। अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले मंगलबारदेखि नै उत्पादन बन्द भएको जानकारी दिए। 'हामीसँग उद्योग चलाउन पुग्ने ब्याकअप छैन। त्यसैले बत्ती बाल्न जेनेरेटर प्रयोग गरे पनि सबै उत्पादन पूर्ण रूपमा बन्द गरेका छौं,' उनले भने।

अर्घाखाँची उद्योगले दैनिक ६० देखि ७० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो। कारखानामा ५०० भन्दा बढी र खानीमा करिब ६ सय गरी ११ सय हाराहारीले उद्योगमा रोजगारी पाएको अध्यक्ष मुरारकाले जानकारी दिए। उद्योग बन्द भएसँगै ती हजारभन्दा बढी श्रमिकहरूको रोजगारी प्रभावित भएको छ।

यता बिजुली लाइन काटिएर बन्द भएको शिवम् सिमेन्टले वार्षिक ६ लाख ३० हजार टन क्लिंकर र ९ लाख ९० हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो। लाइन काटिएसँगै उत्पादन बन्द गर्नुपरेको उद्योगले जनाएको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}