सुनको भाउमा कीर्तिमानी उछाल : तोलामै दुई लाख ३३ हजार नाघ्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २० असोज २०८२, १:३६ PM
फन्ट
सुनको भाउमा कीर्तिमानी उछाल : तोलामै दुई लाख ३३ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँचाँदी ३० रुपैयाँले बढेको हो।

बढेको दरअनुसार सोमबार छापावाला सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ३० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

दशैँअघि सुन प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार हुँदै आएकोमा दशैँ सकिँदा तोलामा करिब ९ हजार ९ सय रुपैयाँले मूल्य वृद्धि भएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि हुँदै सोमबार प्रतितोला दुई हजार ९६० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.