७ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आइतबार, १९ असोज २०८२, १२:७ PM
post-image

काठमाडौं । दशैं बिदापछि पुनः सुरु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ७ हजार ४०० रुपैयाँले बढी हो।

यसअघि, दशैं बिदा सुरु हुनुअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो। यो मूल्यवृद्धिसँगै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढ्दै गएको छ। असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार बढेर २ हजार ९३० रुपैयाँ पुगेको छ।

दशैं बिदापछि पहिलोपटक मूल्य निर्धारण पुनः सुचारु हुँदा सुन र चाँदी दुबैको मूल्य ऐतिहासिक रूपमा उच्च दरमा पुगेको देखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}