मन्त्री घिसिङद्वारा राष्ट्रिय पुनर्निर्माण कोषमा योगदानको आह्वान

बिहिबार, ९ असोज २०८२, २:६ PM
post-image

काठमाडौँ, ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राष्ट्रिय पुनर्निर्माण कोषमा सबै पक्षबाट योगदान गर्न आह्वान गरेका छन्।

सरकारले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि बुधबार कोष स्थापना गर्दै सहयोगको अपिल गरेको हो। सोही क्रममा अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरी पुनर्निर्माण कार्ययोजना स्वीकृत गरिएको छ।

पत्रकार सम्मेलनमार्फत मन्त्री घिसिङले आगजनी र तोडफोडका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै आर्थिक पुनरुत्थान र पुनर्निर्माण अभियानलाई सफल बनाउन सबैको हातेमालो अपरिहार्य भएको बताए।

उनले संघीय, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई कोषमा योगदान गर्न आग्रह गरेका छन्।

सरकारले आम सर्वसाधारणदेखि सरकारी निकाय र विदेशी साझेदारसम्मलाई पुनर्निर्माण अभियानमा जोडिन विशेष आह्वान गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}