प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

 काठमाडौं, ९ असोज। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्

Artha Kendra Artha Kendra
बिहिबार, ९ असोज २०८२, १:५३ PM
फन्ट
 प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

 काठमाडौं, ९ असोज। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । सम्बोधनको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।

गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि २७ भदौमा कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । पद ग्रहणलगत्तै उनले प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरिसकेकी छन् ।

आजको सम्बोधनमा उनले राजनीतिक परिवर्तनपछि सरकारको आगामी नीति तथा कार्यक्रमबारे महत्वपूर्ण धारणा राख्ने अपेक्षा गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.