संविधान दिवसमा पूर्वअर्थमन्त्री पौडेलको आत्मस्वीकृति: “गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु”
काठमाडौं — संविधान दिवसको अवसरमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति जनतासँग क्षमायाचना गरेका छन्। शुभकामना मन्तव्यमा उनले भने, “व्यक्तिगत रुपमा मबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु।”
पौडेलले Gen Z आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संरचनाको पुनर्निर्माण र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पौडेलले व्यक्त गरे।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.