संविधान दिवसमा पूर्वअर्थमन्त्री पौडेलको आत्मस्वीकृति: “गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु”

शुक्रबार, ३ असोज २०८२, ९:३३ AM
post-image

काठमाडौं — संविधान दिवसको अवसरमा नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति जनतासँग क्षमायाचना गरेका छन्। शुभकामना मन्तव्यमा उनले भने, “व्यक्तिगत रुपमा मबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गर्दछु।”

पौडेलले Gen Z आन्दोलनका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले शान्ति, सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संरचनाको पुनर्निर्माण र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने अपेक्षा पौडेलले व्यक्त गरे।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}