नेप्सेमा भारी गिरावट, बजार तेस्रो पटक 'हल्ट' पछि आजको लागि बन्द

तेस्रो पटक 'हल्ट' (halt) लागेपछि बजार बन्द गरिएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २ असोज २०८२, १२:१६ PM
फन्ट
नेप्सेमा भारी गिरावट, बजार तेस्रो पटक 'हल्ट' पछि आजको लागि बन्द

आजको दिन नेपाली पूँजी बजारमा तेस्रो पटक 'हल्ट' (halt) लागेपछि बजार बन्द गरिएको छ। Gen Z आन्दोलनपछि खुलेको बजारमा नेप्से परिसूचक ६% अर्थात् १६०.३३ अंकले घटेर २५११.९१ मा बन्द भएको हो। नियमानुसार 'हल्ट' लागेपछि बजार चार घण्टापछि पुनः खुल्नुपर्ने भए पनि तीन बजेसम्म चार घण्टा पूरा भइसकेकोले आजको लागि बजार बन्द गरिएको हो।

बजारमा आज ७२.८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १७.५ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचकमा सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा -९.३४% देखिएको छ भने अन्य समूह (Others Sub Index) -७.४८% ले घटेको छ। २१ वटा स्टक ९.५% भन्दा बढीले घटेका छन् भने केवल हिमस्टार उर्जा मात्र सकारात्मक सर्किटमा पुगेको छ।

साथै, जीवन बीमा, जलविद्युत, बैंकिङ, उत्पादन, वित्त, लगानी, होटल तथा पर्यटन लगायतका सबै उपसूचकहरूमा पनि उल्लेखनीय गिरावट देखिएको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.