बुंगल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
बुंगल हाइड्रो लिमिटेडले भदौ १६ देखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओको बाँडफाँट असोज २ गते सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यस अवधिमा २२ लाख ५३ हजार २५४ जनाले आवेदन दिएका थिए।
बाँडफाँटको नतिजा अनुसार १ लाख ७० हजार १ सय ५० जना भाग्यमानी लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा हेर्नका लागि लगानीकर्ताले निम्न तीन माध्यम प्रयोग गर्न सक्नेछन्:
-
मेरोसेयर एकाउन्ट
- Share Hub
यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा:
-
८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका लागि
-
२ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि
-
१ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि
-
६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.