बुंगल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न

बिहिबार, २ असोज २०८२, १०:३० AM
post-image

बुंगल हाइड्रो लिमिटेडले भदौ १६ देखि १९ गतेसम्म निष्काशन खुला गरेको आईपीओको बाँडफाँट असोज २ गते सम्पन्न भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यस अवधिमा २२ लाख ५३ हजार २५४ जनाले आवेदन दिएका थिए।

बाँडफाँटको नतिजा अनुसार १ लाख ७० हजार १ सय ५० जना भाग्यमानी लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा हेर्नका लागि लगानीकर्ताले निम्न तीन माध्यम प्रयोग गर्न सक्नेछन्:

  1. मेरोसेयर एकाउन्ट

  2. हिमालयन क्यापिटलको वेबसाइट

  3. सीडीएससीको आधिकारिक वेबसाइट 

  4. Share Hub

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो। पहिलो चरणमा:

  • ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका लागि

  • २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि

  • १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि

  • ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो।

More Details Here

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}