सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
काठमाडौँ, १ असोज। नेपाली बजारमा असोज १ गते, बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार भने सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।
त्यस्तै, लगातार बढ्दै ऐतिहासिक उचाइमा पुगेको चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। मंगलबार तोलामा २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ५ सय ५० रुपैयाँमा झरेको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.