सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

बुधबार, १ असोज २०८२, १२:३० PM
post-image

काठमाडौँ, १ असोज। नेपाली बजारमा असोज १ गते, बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार भने सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।

त्यस्तै, लगातार बढ्दै ऐतिहासिक उचाइमा पुगेको चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। मंगलबार तोलामा २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ५ सय ५० रुपैयाँमा झरेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}