एसवाई प्यानल लिमिटेडको पहिलो चरण आईपीओ असोज ७ गतेदेखि खुला हुने

बुधबार, १ असोज २०८२, ११:३१ AM
post-image

काठमाडौँ, १ असोज  । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि पहिलो चरण अन्तर्गतको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। यसअघि कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको भए पनि विषम परिस्थितिका कारण तालिका परिमार्जन गर्दै नयाँ मिति तोकिएको हो।

नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। सो अनुमतिअनुसार कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर (प्रति कित्ता अंकित मूल्य रु. १००) निष्कासन गर्नेछ।

यस मध्ये पहिलो चरणमा ७ लाख ५८ हजार ७१९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ।

  • उद्योग प्रभावित क्षेत्र (चितवनको रत्ननगर नगरपालिका) का स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२९ कित्ता शेयर छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता शेयर छुट्याइएको छ। यस समूहका लागि पनि आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म दिन सकिन्छ।

  • यसबाहेक, कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्तासामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगरस्थित एसवाई प्यानल कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, प्रभु बैंकका सौराहा र टाँडी शाखा तथा प्रभु क्यापिटलको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओलाई रेटिङ गर्ने क्रममा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इश्युअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका प्रभु क्यापिटल लिमिटेडले निर्वाह गर्नेछ। पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा ४० लाख ७६ हजार १५६ कित्ता शेयर आम सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}