कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ मा हुने, केन्द्र निर्धारण भइसकेको बोर्डको जानकारी

बुधबार, १ असोज २०८२, ११:९ AM
post-image

भक्तपुर, १  असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुने गरी तालिका सार्वजनिक गरिएकोमा देशको वर्तमान अवस्थाका कारण तालिका संशोधन गर्दै नयाँ मिति तोकिएको हो।

नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। एक मात्र विषयमा परीक्षा दिने विद्यार्थीले यही दिन परीक्षा दिनुपर्नेछ। दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।

त्यस्तै, असोज ८ गते दुई विषयका परीक्षार्थीहरूले आफूले दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा दिनुपर्नेछ। तर सो दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषय सञ्चालन नहुने स्पष्ट गरिएको छ।

बोर्डले पूरक परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र केन्द्रहरू निर्धारण भइसकेको जनाएको छ। बोर्डले परीक्षा नियन्त्रण कार्यालयमार्फत् विद्यार्थीलाई तोकिएका परीक्षा केन्द्रमा समयमै उपस्थित हुन आग्रहसमेत गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}