सुनको मूल्य १९ सय बढेर हालसम्मकै उच्च

मंगलबार, ३१ भदौ २०८२, ११:१० AM
post-image

काठमाडौं , ३१ भदौ । नेपाली सुनचाँदी बजारमा मंगलबार मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सुन प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्दै २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार मात्र सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसरी छोटो अवधिमै सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ५९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।

यसरी मंगलबारको कारोबारसँगै नेपाली बजारमा सुन–चाँदी दुवै धातु हालसम्मकै उच्च मूल्यमा पुगेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}