सुनको मूल्य १९ सय बढेर हालसम्मकै उच्च
काठमाडौं , ३१ भदौ । नेपाली सुनचाँदी बजारमा मंगलबार मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सुन प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्दै २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार मात्र सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसरी छोटो अवधिमै सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ५९५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।
यसरी मंगलबारको कारोबारसँगै नेपाली बजारमा सुन–चाँदी दुवै धातु हालसम्मकै उच्च मूल्यमा पुगेका छन्।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.