असोज महिनामा वाणिज्य बैंकको ब्याजदर समायोजन, अधिकांशले घटाए

मंगलबार, ३१ भदौ २०८२, ११:१ AM
post-image

काठमाडौं , ३१ भदौ । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित दरहरू भदौ महिनाको तुलनामा औसतमा घटेका छन्।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दुमा रहेकामा, असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ। यसरी समीक्षा अवधिमा औसत ब्याजदर ०.११३५  प्रतिशतविन्दुले घटेको हो।

२० वाणिज्य बैंकमध्ये ११ बैंकले असोज महिनामा ब्याजदरमा परिवर्तन गरेका छन्। तीमध्ये ९ बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले बढाएका छन्। बाँकी ९ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

  • ब्याजदर घटाउने बैंकहरू:

    • ०.५० प्रतिशतविन्दुले: प्राइम कमर्सियल, सानिमा, एभरेष्ट

    • ०.२५ प्रतिशतविन्दुले: सिटिजन्स, एनआईसी एशिया

    • ०.२० प्रतिशतविन्दुले: कुमारी बैंक

  • ब्याजदर बढाउने बैंकहरू:

    • लक्ष्मी सनराइज (+०.२५ प्रतिशतविन्दु)

    • स्ट्याण्डर्ड चार्टर्ड (+०.०५ प्रतिशतविन्दु)

असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक कुमारी बैंक हो, जसले अधिकतम ५.०१ प्रतिशत मात्र ब्याज दिनेछ। त्यस्तै, अधिकतम ६ प्रतिशत ब्याजदर भने एनआईसी एशिया, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनएमबि र हिमालयन बैंकले कायम राखेका छन्।

संस्थापक मुद्दति निक्षेपतर्फ पनि असोजमा औसत ब्याजदर घटेको छ। समीक्षा अवधिमा यो दर ०.०८८५ प्रतिशतविन्दुले घटेको हो। यस क्रममा ७ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने १३ वाणिज्य बैंकले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्।

क्र.सं. बैंक नाम भदौ (व्यक्ति) भदौ (संस्था) असोज (व्यक्ति) असोज (संस्था) फरक (व्यक्ति) फरक (संस्था)
कृषि विकास बैंक ५.२० २.८५ ५.०५ ३.०० -०.१५ +०.१५
सिटिजन्स बैंक इन्टरनेशनल ५.५० ३.०० ५.२५ ३.०० -०.२५ ०.००
एभरेष्ट बैंक ५.७५ ४.७५ ५.२५ ४.२५ -०.५० -०.५०
ग्लोबल आईएमई बैंक ६.०० ४.२५ ६.०० ४.२५ ०.०० ०.००
हिमालयन बैंक ६.०० ५.०० ६.०० ५.०० ०.०० ०.००
कुमारी बैंक ५.२१ ४.०१ ५.०१ ४.०१ -०.२० ०.००
लक्ष्मी सनराइज बैंक ५.०० ४.०० ५.२५ ४.०० +०.२५ ०.००
माछापुच्छ्रे बैंक ६.०० ४.०० ६.०० ४.०० ०.०० ०.००
नबिल बैंक ५.५० ४.२५ ५.५० ४.२५ ०.०० ०.००
१० नेपाल बैंक ५.४० ३.७५ ५.२५ ३.२५ -०.१५ -०.५०
११ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.२५ ४.२५ ५.२५ ४.२५ ०.०० ०.००
१२ नेपाल एसबीआई बैंक ५.२५ ४.२५ ५.१८ ४.१८ -०.०७ -०.०७
१३ एनआईसी एशिया बैंक ६.२५ ५.२५ ६.०० ५.०० -०.२५ -०.२५
१४ एनएमबी बैंक ६.०० ५.०० ६.०० ५.०० ०.०० ०.००
१५ प्रभु बैंक ५.३५ ३.२५ ५.३५ ३.२५ ०.०० ०.००
१६ प्राइम कमर्सियल बैंक ६.०० ३.१० ५.५० २.७५ -०.५० -०.३५
१७ राष्ट्रिय वाणिज्य बैंक ५.५० ४.०० ५.५० ४.०० ०.०० ०.००
१८ सानिमा बैंक ५.७५ ३.७५ ५.२५ ३.५० -०.५० -०.२५
१९ सिद्धार्थ बैंक ५.५० ४.०० ५.५० ४.०० ०.०० ०.००
२० स्टान्डर्ड चार्टर्ड बैंक ५.१३ २.७५ ५.१८ २.७५ +०.०५ ०.००
  ५.५७७ ३.९६३ ५.४६३५ ३.८७४५ -०.११३५ -०.०८८५
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}