जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने
काठमाडौं , ३० भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र उनीहरूको परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकपछि गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्।
बैठकले शहीद परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख रुपैयाँ उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने, मृतकको शव सम्बन्धित स्थानमा लैजान निःशुल्क सवारी साधन वा दुर्गम क्षेत्रमा हेलिकप्टर उपलब्ध गराउने र दाहसंस्कारमा समेत सरकारले सघाउने निर्णय गरेको छ।
यसका साथै, असोज १ गतेलाई शोक दिवस घोषणा गर्दै सार्वजनिक बिदा दिने र शहीदहरूको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गर्ने निर्णय पनि गरिएको छ।
आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीबारे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको मन्त्री अर्यालले बताए। आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सम्झनका लागि “जेनजी जागरण स्मरण पार्क” निर्माण गर्ने निर्णय पनि गरिएको छ।
बैठकले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदमा पेस गरेका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.