बन्दीपुर केबलकारको आईपीओ बाँडफाँट सम्पन्न, ४ लाख ३४ हजारले पाए शेयर
काठमाडौं, भदौ ३० — बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (IPO) को बाँडफाँट आज सम्पन्न भएको छ। भदौ ११ देखि १५ गतेसम्म खुला गरिएको यस आईपीओमा लाखौं लगानीकर्ताले आवेदन दिएका थिए।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार, कुल ४ लाख ३४ हजार १ सय ८ जना भाग्यशाली लगानीकर्ताले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा मेरोसेयर एकाउन्ट, नेपाल एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट तथा CDSC को आधिकारिक पोर्टल मा हेर्न सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, र १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
Bandipur Cable IPO Result Check
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.