शेयर बजार खुलाउने विषयमा मतभेद, लगानीकर्ताहरू बोर्डमा दबाब दिन पुगे

देशमा नयाँ अन्तरिम सरकार गठनसँगै वातावरण सहज हुँदै गए पनि शेयर बजार पुनः सञ्चालन गर्ने विषयमा मतभेद देखिएको छ।

Artha Kendra Artha Kendra
आइतबार, २९ भदौ २०८२, ३:१२ PM
फन्ट
शेयर बजार खुलाउने विषयमा मतभेद, लगानीकर्ताहरू बोर्डमा दबाब दिन पुगे

२९ भदौ, काठमाडौं — देशमा नयाँ अन्तरिम सरकार गठनसँगै वातावरण सहज हुँदै गए पनि शेयर बजार पुनः सञ्चालन गर्ने विषयमा मतभेद देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ, तर विभिन्न लगानीकर्ता संघ-संगठनका सदस्यहरू बजार तत्काल खोल्न नहुने तर्कसहित नेपाल धितोपत्र बोर्डमा दबाब दिन पुगेका छन्।

हालको कानुनी व्यवस्था अनुसार बजार बढीमा पाँच दिनसम्म मात्र बन्द गर्न सकिने प्रावधान रहे पनि लगानीकर्ता पक्षले केही समय धैर्य गर्नुपर्ने सुझाव दिएका छन्। बजार खोल्ने निर्णयले लगानीकर्तामा नकारात्मक असर पार्न सक्ने भएकाले सकारात्मक संकेतहरू देखिएपछि मात्र कारोबार सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.