सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गरिन् परित्याग

आइतबार, २९ भदौ २०८२, १२:२३ PM
post-image

२९ भदौ, काठमाडौं — पूर्व शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै उनले केन्द्रीय समितिलाई जानकारी गराएर रास्वपा छाडेको घोषणा गरेकी हुन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडे।” उनले पार्टी नेतृत्वले बारम्बार गल्ती गरे पनि कहिल्यै स्वीकार नगरेको आरोप लगाइन्।

उनको भनाइमा, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ?” यस्ता प्रवृत्तिहरू आफूलाई स्वीकार्य नभएको कारण उनले पार्टी छाड्ने निर्णय लिएको स्पष्ट पारिन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}