प्रचण्डको प्रश्न- जेनजी र माओवादी उठाएका मुद्दा एउटै हुँदा पनि हाम्रो कार्यालय र निवासमा कसले आगो लगायो ?

बिहिबार, २६ भदौ २०८२, १०:१० AM
post-image
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला माओवादी कार्यालय र निजी निवासमा कसले र किन आगो लगायो भनी प्रश्न गरेका छन्।
 
अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत अवाञ्छित तत्त्वहरूको घुसपैठ भएको र उनीहरूले नै सिंहदरबारसहित राज्यका साझा संरचनामा आगजनी गरेको बताएका छन्। 
 
अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको माग र माओवादीले विगतदेखि उठाउँदै आएका विषयहरुबीच मेल खाने भन्दै आन्दोलनका कैयन पीडादायी पक्ष भए पनि समग्रमा राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावना ढोका खोलेको बताएका छन्। यसका लागि उनले जेनजी पुस्तालाई विशेष धन्यवाद समेत दिएका छन्।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}